महिला सुरक्षाका लागि खुलेर समस्या भन्न सक्ने बातावरण जरुरी

स्थानीय स्तरमा अहिलेपनि अधिकाँस महिलाहरु स्वास्थ्य असुरक्षाका कारण बिभिन्न जोखिमहरु मोल्नुपर्ने अवस्थामा पुगेका छन् । बिशेष गरेर महिलाहरुले महिनावारी हुँदा, गर्भवती अवस्थाका बेला स्वास्थ्य सुरक्षामा ध्यान दिन सकेका हुँदैनन्, कतिपय महिलाहरुले नजानेर यस्तो गर्नुपरेको छ भने कतिपयले चाहेर पनि आफुलाई सुरक्षित राख्न नसक्ने बिभिन्न कारणहरु रहेका छन् ।
पुरातन संस्कृतिका कारण महिनावारी हुँदा जोखिम कार्य गर्न बाध्य भएका महिलाहरुको स्वास्थ्य सुरक्षाका बारेमा पालिकाले बिशेष चासो र चिन्ता गर्नुपर्ने हो । समस्या भएका महिलाहरु पनि आफ्नो समस्या देखाउन लाज मान्ने, भन्न नसक्ने प्रचलन अहिलेपनि कायमै रहेको छ । जसका कारण महिलाहरु पाठेघर खस्ने र पाठेघरमा क्यान्सर जस्ता
स्थानीय सरकारहरुले गर्नै बिभिन्न गतिविधिहरु मध्ये महिलाको सुरक्षाका लागि गरेका केही कामहरुले राम्रो प्रभाव पारेको देखिन्छ । महिलाहरुको स्वास्थ्य सुरक्षा सँग जोडिएर कतिपय पालिकाहरुमा सामग्रीहरु बितरण गरिएको छ । पोषण युक्त खाना पनि निकै महत्वको बिषय हो यो सँगै महिलाहरुसँग लुकेर रहेका रोगहरु जसले कालान्तरमा क्यान्सर सम्म हुन सक्ने हुन्छन् त्यस्ता बिषयहरुमा उपप्रमुखहरुले बिशेष कार्यक्रम तय गर्दै महिनाको एकपटक स्वास्थ्यकर्मी सहितको टोली लगेर गाउँका महिलाहरुका पाठेघर लगायतका समस्याहरुका बारेमा पनि शिविरहरु सञ्चालन हुन सके अँझै राम्रो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार